युवाहरुले नेतृत्व गरेको संगठन समाजवादी ज्ञानकेन्द्रमा आधारभूत मार्क्सवादी प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रममा अतिथिले मार्क्सवादी कोणबाट आआफ्ना विचार व्यक्त गरे भने सहभागीले जिज्ञासा राखे ।
समापन समारोहमा सबै अतिथिबाट आफ्ना मन्तब्य मार्फत् ज्ञानकेन्द्रको सफलताको कामना व्यक्त गरियो । करिव एक महिनाको आधारभूत प्रशिक्षणमूलक र शिक्षाप्रद भएको छ । यसबारेमा सानो र छोटो विचार व्यक्त गर्न खोजेको छु ।
पहिलो कुरा, कामको थालनी गर्नु त्यसको निरन्तरता र सबै शक्ति केन्द्रहरूलाई एकताबद्ध बनाएर लिन सक्नु नै हाम्रो शिक्षा हो । यो समयमा समाजवादी ज्ञान केन्द्रले कम्युनिष्ट आन्दोलनमा रहेका र लागेका सबैको क्षमतालाई एउटा मञ्चबाट सार्वजनिक गरेको छ ।
दोश्रो कुरा, ज्ञानकेन्द्रले माक्र्सवादका आधार र उपरिसंरचनाका समग्र पक्षहरूमा ब्यापकरूपमा प्रशिक्षित गर्नुका साथै समाजवादी क्रान्तिका लागि आगामी कार्यदिशा निर्माणका लागि मनोविज्ञान तयार पार्ने पहलको छ । २१औं शताब्दीमा लेनिन र माओले गरेको क्रान्ति भन्दा भिन्न मोडेल कस्तो होला ? भन्ने अवधारणा पत्रका रुपमा काम थालनी भएको छ । यसका थप कार्यभार आगामी दिनमा पुरा गर्ने अपेक्षा लिइएको छ ।
तेश्रो कुरा, संसदीय प्रणालीबाटै समाजवादमा पुग्न सकिन्छ वा नसकिन्न भन्ने विषयमा बसह गर्ने मञ्च तयार भएको छ । लामो प्रशिक्षणमा दुबैपक्षबाट बहसका रुपमा आ आफ्ना अवधारणाहरू आएका छन् । जुन अवधारणा नेपाली क्रान्तिलाई नेपाली सापेक्षतामा कुन तरिकाबाट अघि बढाउन सकिएला भन्ने जिज्ञासा पलाएको छ । यसकाबारेमा नयाँ मनोविज्ञान अधिकतम रुपमा तयार भएको छ । आजसम्मको अनुभवमा संसदीय व्यवस्थाको प्रयोगबाट संसार भरका कुनै पनि मुलुक समाजवादमा नपुगेको शिक्षा पाइएको छ ।
ज्ञानकेन्द्रबाट प्राप्त चौथो शिक्षाको रुपमा हामीलाई समाज रुपान्तरण आजकै उत्पादन सम्बन्ध र शक्तिबाट किन असफल भएका छौं ? आजकै विश्व पुँजीवादी उत्पादन सम्बन्ध केन्द्रिकृत र मजदुरहरुको श्रम विकेन्द्रिकरण बिचको द्धन्दात्मक सम्वन्धलाई कसरी अगाडि बढाउने ? साथमा विज्ञान र प्रविधिको समुचित प्रयोग मजदुर वर्गले गरेरै सफलतामा कसरी पुग्न सकिन्छ ? भन्ने विषयको बहस गम्भीर रुपमा आएको छ ।
ज्ञानकेन्द्रको एक महिनाको प्रयासले वर्षौंसम्म लिन मुश्किल विषयमा ज्ञान हासिल गरिएको छ । यसबाट संगठन, अर्थनिति र संघर्ष तथा रुपान्तरणका आम विषयहरूमा साङ्गोपाङ्गो ज्ञान प्राप्त भएको छ । आउँदा दिनहरूमा ज्ञानकेन्द्रले संश्लेषित तरिकाको विधि प्रयोग गर्दै अन्तरक्रिया, बहस र प्रशिक्षण सञ्चालन गरी समाज र हामी आफै रुपान्तरणको अध्याय पुरा गर्न सक्ने विश्वास लिइएको छ ।