काठमाडौँ। सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सहित १४ जनालाई रिहा गर्न आदेश गरेको छ ।
सर्वोच्च अदालतले मंगलबार विभिन्न मुद्दामा प्रहरी थुनामा रहेका उनीहरुलाई रिहा गर्न आदेश दिएको हो ।
चूडामणि ओली आदर्श विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य हुन् भने अन्य विभिन्न तहका नेता कार्यकर्ता हुन् । उनीहरु हाल अछाम र बाजुरा कारागारमा रहेको बताइएको छ ।
सरकारले विप्लव नेतृत्वको नेकपासँग तीन महिनाअघि गरेको सहमतिअनुसार पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्ने भनिएको थियो । तर हालसम्म रिहाइ हुन नसकिरहेको बेला सर्वोच्चले आज यस्तो आदेश दिएको हो ।