• बैशाख ४ २०८२, बिहीबार

रूसी विमान दुर्घटना, विमानमा यात्रारत बच्चासहित २९ को अवस्था अज्ञात

असार २२ २०७८, मंगलवार

मंगलबार बिहान २९ यात्रु लिएर रूसको सुदुर पूर्वी क्षेत्रबाट उडेको रूसी विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

विमानमा छ चालक दलका सदस्यसहित २९ जना यात्रु रहेको रूसी समाचार संस्था स्पुटिनकले जनाएको छ ।

प्रारम्भिक जानकारी अनुसार विमानमा एक बच्चा, छ चालकदलका सदस्य र २२ जना यात्रु थिए। रूसको पेट्रोपाभलोस्क-कामचास्कीबाट पालानाका लागि उडेको विमान कामचात्का क्षेत्रबाट मंगलबार अपरान्ह रार्डरसँग सम्पर्क विच्छेद भएको रूसी आपतकालीन सेवा मन्त्रालयको प्रमुख महा-निर्देशनालयले जानकारी दिएको छ। विमानबारे थप जानकारी संकलन भइरहेको रूसी प्रशासनले जनाएको छ।