• मंसिर १२ २०८१, बुधबार

म्याद सकिएको डेविड कार्ड प्रयोग गरी ३४ लाख निकाल्ने २ जना पक्राउ

असार २१ २०७८, सोमबार

काठमाडौँ । मिति गुज्रेको डेविड कार्ड प्रयोग गरी एटीएमबाट पैसा निकालेको अभियोगमा काठमाडौँबाट प्रहारीले दुईजनालाई पक्राउ गरेको छ । आइतबार प्रहरीले काठमाडौँ महानगरपालिका वडा नम्बर ५ भत्केको पुलबाट भत्केको पुल बस्ने सोलुखुम्बु घर भएका ५७ वर्षका जगतबहादुर गुरुङ र पर्सा घर भएकी ३० वर्षीया सावित्री गुरुङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुले सिद्धार्थ बैंकको विभिन्न स्थानमा रहेको एटिएम मेसिनबाट मिति गुज्रेको डेविड कार्ड प्रयोग गरी पैसा निकालेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरुको साथबाट LLOYDS VISS Debit Card London र २१ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

उनीहरुले LOYDS VISS Debit Card London मिति गुज्रेको कार्डबाट चावहील, कालोपुल, हात्तिसार भाटभटेनी ईलाकामा रहेको एटिएमबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेको तथा निकालेको उक्त रकममध्ये १० लाख ५० हजार सहकारीमा राखेको अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी परिसरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।