• मंसिर १५ २०८१, शनिबार

प्रधानमन्त्रीले वैदेशिक हस्तक्षेपलाई निम्तो दिए : नारायणकाजी श्रेष्ठ

असार २१ २०७८, सोमबार

काठमाडौँ। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता नै संकटमा पारेको आरोप लगाएका छन् ।

सोमबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै नेता श्रेष्ठले विदेशी हस्तक्षेपलाई निम्तो दिएर प्रधानमन्त्रीले त्यसकै आडमा राष्ट्रिय स्वाधिनता संकटमा पारेको आरोप लगाए ।

उनले भने,‘प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत लिप्साले विदेशी हस्तक्षेप आमन्त्रण गर्ने स्थानमा लैजाुनयभयो । विदेशीसँगको मिलिभगतमा संविधान र लोकतन्त्रमाथि आक्रमण गरिहनुभएको छ । उहाँले राष्ट्रिय स्वाधिनतामाथि गम्भिर धोकाधडी गर्नुभयो । राष्ट्रिय आत्मसमर्पणवादतर्फ जानुभयो । यो क्षम्य हुन सक्दैन ।’

नेता श्रेष्ठले प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सहयोगका साथमा एकपछि अर्को प्रतिगामी कदम चाल्दै प्रतिगमनतर्फ लगेका कारण अहिले अग्रगमन र प्रतिगमनका बीचमा द्वन्द्वको अबस्थामा पुगेको समेत बताए । राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्न खोजिएको भन्दै त्यसो नगर्न समेत उनले सुझाव दिए ।