• बैशाख ४ २०८२, बिहीबार

फिलिपिन्समा सैन्य विमान दुर्घटना, कम्तिमा १७ जनाको मृत्यु, ४० घाइते

असार २० २०७८, आईतवार

एजेन्सी,फिलिपिन्सको दक्षिणी भेगमा आइतबार सैन्य विमान दुर्घटना हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएको त्यहाँका रक्षामन्त्रीले जानकारी दिएका छन् । राजधानी मनिलाबाट करिब १ हजार किलोमिटर दक्षिणमा रहेको जोलो टापुमा अवतरण गर्ने क्रममा धावनमार्ग छुटेपछि विमान दुर्घटनाग्रस्त बनेको हो ।

जनरल सिरिलिटो सोबेजानाले पत्रकारहरूलाई दुर्घटनाग्रस्त सी–१३० विमानबाट ४० जनाको उद्धार गरिएको जानकारी दिएका छन् । उनका अनुसार विमानले रनवेमा अवतरण गर्न नसकेपछि नियन्त्रण गुमाएर दुर्घटना भएको हो ।

उक्त विमानमा सवार अधिकांश आधारभूत सैनिक तालिम पूरा गर्ने व्यक्तिहरू भएको बताइएको छ।

गत महिना फिलिपिन्समा ब्ल्याक हक हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।