• फाल्गुन २४ २०८२, आईतवार

फिलिपिन्समा सैन्य विमान दुर्घटना, कम्तिमा १७ जनाको मृत्यु, ४० घाइते

असार २० २०७८, आईतवार

एजेन्सी,फिलिपिन्सको दक्षिणी भेगमा आइतबार सैन्य विमान दुर्घटना हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएको त्यहाँका रक्षामन्त्रीले जानकारी दिएका छन् । राजधानी मनिलाबाट करिब १ हजार किलोमिटर दक्षिणमा रहेको जोलो टापुमा अवतरण गर्ने क्रममा धावनमार्ग छुटेपछि विमान दुर्घटनाग्रस्त बनेको हो ।

जनरल सिरिलिटो सोबेजानाले पत्रकारहरूलाई दुर्घटनाग्रस्त सी–१३० विमानबाट ४० जनाको उद्धार गरिएको जानकारी दिएका छन् । उनका अनुसार विमानले रनवेमा अवतरण गर्न नसकेपछि नियन्त्रण गुमाएर दुर्घटना भएको हो ।

उक्त विमानमा सवार अधिकांश आधारभूत सैनिक तालिम पूरा गर्ने व्यक्तिहरू भएको बताइएको छ।

गत महिना फिलिपिन्समा ब्ल्याक हक हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।