• बैशाख ४ २०८२, बिहीबार

भारतले भारतीय नियोगमाथी ड्रोन उडेको हल्ला चलायो

असार २० २०७८, आईतवार

इस्लामावाद । पाकिस्तानले ईस्लामावादस्थित भारतीय उच्च नियोगमाथि ड्रोन उडेको हल्ला निराधार रहेको जनाएको छ । पाकिस्तानको विदेश विभागका प्रवक्ता जाहिद हाफिज चौधरीले यस्ता हल्ला निराधार रहेको बताए ।

२३ जुनमा लाहोरमा भएको बम विस्फोटमा विदेशी दस्ताको संलग्नता रहेको संकेत देखिएको अवस्थामा भारतले पनि यो प्रोपोगान्डा अभियान चलाएको उनले बताए ।

प्रवक्ता हाफिजले यस्ता झुठा आरोप र भारतको विभाजनकारी रणनीतिलाई पाकिस्तानले ठाडै अस्विकार गर्ने बताए । आत्मनिर्णयको अधिकारका लागि जम्मू–कास्मिरका जनताले गरिरहेको संघर्षको पक्षमा पाकिस्तान निरन्तर उभिने दाबी उनले गरे ।

जम्मु–कास्मिरका विषयमा संयुक्त राष्ट्रसंघले पारित गरेको संकल्प प्रस्तावकै पक्षमा पाकिस्तान रहेको उनले बताए ।