• मंसिर १५ २०८१, शनिबार

महाधिवेशन कुनै पनि हालतमा गर्नुपर्ने भन्दै देउवाले छिटै काम सक्न दिए निर्देशन

असार १९ २०७८, शनिबार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन कुनै पनि हालतमा गर्नुपर्ने भन्दै छिटै काम सक्न निर्देशन दिएका छन् ।

क्रियाशील सदस्यताको विवादका कारण महाधिवेशन प्रभावित पार्न नहुने भन्दै छिटै काम सक्न निर्देशन दिएका छन् ।

क्रियाशील सदस्यता नविकरण र वितरणका विषयमा देखिएको समस्याका बारेमा जानकारी लिन आफू निकट नेताहरुलाई छलफलका लागि बोलाएका सभापति देउवाले महाधिवेशन कुनै पनि हालतमा गर्नुपर्ने भन्दै सदस्यताका कारण महाधिवेशन प्रभावित पार्न नहुने बताएका हुन् ।

आजको छलफलमा सभापति देउवा पक्षले क्रियाशील सदस्यता वितरण र नविकरणमा धेरै विवाद भएका स्थानमा १३ औं महाविधेशन प्रतिनिधि कायम गर्ने निर्णय गरेको छ ।

क्रियाशील सदस्यता वितरण र नविकरणका बारेमा भइरहेको प्रगतिका बारेमा छलफल गर्न सभापति देउवाले आफू पक्षका नेताहरुलाई छलफलका लागि बोलाएका थिए । छलफलका लागि क्रियाशील सदस्यता छानविन समितिमा रहेका देउवा पक्षका नेताहरु रमेश लेखक, आनन्द ढुंगाना, श्याम घिमिरे र योगेन्द्र चौधरीसहितका आफू पक्षका नेताहरुलाई सभापति देउवाले बोलाएका थिए ।