• फाल्गुन २४ २०८२, आईतवार

२४ घण्टामा थप २३२८ जनामा कोरोना सङ्क्रमण, १९ को मृत्यु

असार १९ २०७८, शनिबार

काठमाडौं । देशभर थप २ हजार ३२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर पछिल्लो २४ घण्टामा ५ हजार ८३७ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १५ सय २७ जना र ४ हजार २९६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ८१ हजार १३६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६६ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ६ हजार ६६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार १३३ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३५ लाख ६४ हजार ६५८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार १९८ पुगेको छ ।