काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरु भएको हो।
वैठकको एजेण्डामा पार्टी सदस्यता नवीकरणलगायतका विषय रहेको बताइएको छ।
बैठकमा माधव कुमार नेपाल समूहका नेताहरुको भने सहभागिता रहेको छैन ।
यसअघि, शुक्रबार बालुवाटारमै बसेको केन्द्रीय कमिटीको बैठकले विभिन्न निर्णयहरु गरेको थियो ।