काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अब एक दुई दिनमै कोभिड-१९ को खोप आइपुग्ने बताएका छन्। त्रिशुली-प्रसारण लाइन र सबस्टेसनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै ओलीले अब खोप लगाउनका लागि अभियान नै चल्ने बताए । ‘विभिन्न मित्रराष्ट्रसँग कुरा भएको छ। विभिन्न जिल्लामा अब भ्याक्सिनको क्यम्पियन नै चल्नेछ,’ उनले भने।
ओलीले सकेसम्म छोटो अवधिमै सबैलाई खोप लगाउने तर सबैलाई एकैपटक खोप लगाउन सम्भव नभएको प्रस्ट पारे।
‘सकेसम्म छोटो अवधिमा खोप उपलब्ध गराउने छौं। एक दुई दिनमा भ्यक्सिन आइपुग्छ,’ उनले भने।
उनले अब लगातार खोप आउने र खोप पाइएन भन्ने स्थिति नहुने दाबी गरे।
‘भ्याक्सिन पाइएन भन्ने स्थितिबाट हामी अगाडि बढनेछौ। हामी एक दिन दुई दिनमा भ्याक्सिन लगाइ सक्दैनौ,’उनले भने।