• मंसिर १५ २०८१, शनिबार

कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाउने छुट एमालेका सदस्यलाई छैन : प्रधानमन्त्री

असार १८ २०७८, शुक्रबार

काठमाडौँ। नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार ढालेर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन भनेर अराजनीतिक क्रियाकलाप शुरू भएको बताएका छन् । शुक्रबार नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकार ढाल्ने र बनाउने खेलमा मुलुकलाई अनुशासनहीन, उश्रृखल सामाजिक सम्भयतालाई तोड्ने प्रवृति हावी भएको बताए ।

उनले भने, ‘कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाउने छुट एमालेका सदस्यलाई छैन ।’ ‘दुई दिनभित्र हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न।’

हस्ताक्षर फिर्ता नभए पार्टी एकता पनि नहुने उनको भनाइ थियो ।

प्रतिनिधिसभा विघटन खारेज र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै १४६ सांसद सर्वोच्च अदालत गएका थिए, जसमा नेपाल समूहका २३ निवर्तमान सांसदको हस्ताक्षर छ।