काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक अवैध भएको निष्कर्ष निकालेको छ ।
नेपाल समूहले अध्यक्ष ओलीले शुक्रबार बोलाएको उक्त बैठकमा सहभागी नहुने पनि जनाएको छ ।
शुक्रबार बोलाइएको बैठक अवैध कमिटीले डाकेको बैठक भएको र उक्त बैठक पार्टी एकताको पक्षमा नदेखिएको नेपाल समूहको ठहर छ ।
हिजो (बुधबार) बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । सो बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरिसकेको छ ।