काठमाडौँ । तनहुँमा वर्षाको कारण आएको पहिरोले खोला थुनिएर फसेका स्थानीयहरुलाई नेपाली सेनाले उद्धार गरेको छ ।
लगातारको वर्षापछि तनहुँको भानु नगरपालिका वडा नम्बर २ स्थित बाङ्गेरहमा गएको पहिरोले चुँदीखोला थुनिएर मानिसहरु फसेको जानकारी पाएपछि तनहुँस्थित नेपाली सेनाको नं ३ जगदल गणबाट खट्टिएको सेनाको उद्धार समूहले पहिरोमा फसेका २ जना स्थानीय र घर पालुवा पशुपन्छी तथा जनावरहरुको सकुशल उद्धार गरेको हो ।
सेनाले बताए अनुसार सेनाले हरेक स्थानमा उद्धार समूह तैनाथ गरेको छ ।