• मंसिर १५ २०८१, शनिबार

विद्यार्थी संगठनहरु सडक प्रदर्शनमा,राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाए

असार १७ २०७८, बिहीबार

काठमाडौं । विपक्षी पाँच दलको गठबन्धननिकट विद्यार्थी संगठनहरु सडक प्रदर्शनमा उत्रिएका छन् ।

उनीहरुले राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

राष्ट्रपति र प्रधानमन्त्री मिलेर प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदम चालेको भन्दै विद्यार्थी संगठनहरुले आन्दोलनको कार्यक्रमअनुरुप देशभर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्नुका साथै विरोध प्रदर्शन गरिरहेका छन् ।

बिहीबार काठमाडौँको प्रदर्शनी मार्गमा विद्यार्थीहरुले पुत्ला गरेका हुन् । पुत्ला दहन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेकाे थियो ।