काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले राष्ट्रमाथि आएको संकटमा प्रधानमन्त्री दोषी रहेको बताएका छन् । बिहीबार सुरु भएको राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै शर्माले प्रधानमन्त्रीले देशलाई संकटतिर धकेलेको आरोप लगाए ।
प्रधानमन्त्री ओली भित्रको दम्भ र घमण्डले देशलाई भड्कालोमा लिएको बताउदै उनले घुमाउरो पारामा संसद् विघटन गरेको इतिहास लेखाउन खोजेको बताए । उनले भने, अब पनि अवसर मिल्यो र तेस्रोपटक विघटन गर्नुभयो भने गिनिज बुकमा नाम लेखिनेछ। र, नेपालको गौरव सबैभन्दा माथि हुनेछ। तर त्यसो नगर्न सुझाव दिए ।
साथै, शर्माले एमाले एकताका लागि प्रधानमन्त्रीले आत्मासमिक्षा गर्न आग्रह गरे । उनले हालको राजनैतिक प्रणाली प्रधानमन्त्रीय वा राष्ट्रपतिय प्रणाली हो भन्ने प्रश्न समेत उठाएका छन् ।