काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने भएकी छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यव्यवस्था परामर्श समिति बैठकमा सो जानकारी दिएका हुन् । यद्यपी, मिति टुङ्गो भने लागेको छैन ।
राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन रहे पनि प्रतिनिधिसभा विघटन भएकाले यो वर्ष उनले संसदमा सम्बोधन गरेकी छैनन् ।
संविधानको धारा ९५ मा राष्ट्रपतिले संसदमा सम्बोधन गर्न सक्ने प्रावधान राखिएको छ ।
संसद सचिवालयले राष्ट्रपतिको सम्बोधनका लागि सिटहरूको व्यवस्थापन गरिसकेको जनाएको छ।