काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमालेले गरेको कारबाही फुकुवा भएपनि मूल्य मान्यताको राजनीति नछाड्ने स्पष्ट पारेका छन् ।
उनले अहिलेको अवस्था हेर्दा व्यवस्थामाथि नै खतरा रहेको बताएका छन् ।
नागरिक समाज र लेखकहरुसँग विपक्षी गठबन्धनले बुधबार गरेको अन्तक्रियामा नेता नेपालले व्यवस्था खतराउन्मुख रहेको भन्दै काँधमा ठूलो जिम्मेवारी रहेको समेत बताए । उनले भने, ‘व्यवस्था खतराउन्मुख छ । कतिपय गतिबिधि हेर्दा राम्रो संकेत दिएको छैन । हाम्रो काँधमा ठूलो जिम्मेवारी छ ।’
केपी ओली प्रवृत्तिको विरोध गरिरहेको भन्दै उनले अब पनि ओली प्रवृत्ति दोहोरिन दिन नहुने बताए ।