• मंसिर १५ २०८१, शनिबार

एमाले महाधिवेशन आयोजक कमिटी भंग, नेपाल समूहको कारबाही फुकुवा

असार १६ २०७८, बुधबार

काठमाडौँ। नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कमिटीको चाैथो तथा अन्तिम बैठकले आयोजक कमिटीलाई भंग गरेर केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

महाधिवेशन आयोजक कमिटी भंग भएपछि अब पार्टीमा पुरानै संरचना क्रियाशील हुनेछ । पार्टीमा माधव नेपाल समूहलाई गरिएको कारवाही स्वत: फुकुवा भएको उनले बताए।

त्यस्तै पार्टी एकतालाई आजको बैठकले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।

आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण गरेपछिको पहिलो बैठक १८ गते शुक्रबार ११ बजे बस्ने निर्णय भएको छ।