• मंसिर १५ २०८१, शनिबार

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै

असार १६ २०७८, बुधबार

काठमाडौँ। नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बस्ने तय भएको छ।

मंगलबर बसेको एमालेको स्थायी कमिटी बैठकले पार्टीलाई २०७५ साल जेठ २ को अवस्थामा फर्काउने निर्णय गर्दै सोही समयको केन्द्रीय कमिटी बैठक असार १८ गतेको लागि बोलाइसकेको छ ।

आजको महाधिवेशन आयोजक कमिटी बैठकले पार्टीको आन्तरिक जीवनको सम्बन्धमा महत्वपूर्ण निर्णय गर्नसक्ने बताइएको छ ।