• मंसिर ७ २०८१, शुक्रबार

कालिकोटमा यसरी मनाइयो धान दिवस

असार १५ २०७८, मंगलवार

मान्म । धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भता र समृद्धि भने मूल नाराका साथ कालिकोटमा धान दिवस मनाइएको छ ।

कालिकोट कृषि विकास कार्यालयको आयोजनामा धान दिवस (दही चिउरा खाने दिन) मनाइएको हो ।आजको दिनलाई असार पन्ध्र पनि भनिन्छ । विभिन्न कार्यक्रम आयोजना गरी आजको विशेष दिन मनाइएको छ ।

अठारौं धान दिवस शुभकामना आदानप्रदान कार्यक्रम आयोजना पनि गरियो । कार्यक्रममा प्रमुख अतिथि नगरपालिका प्रमुख, विशेष अतिथि प्रमुख जिल्ला अधिकारी, डिएसपी लगायतका जिल्लाका विभिन्न कार्यालयका प्रमुख प्रतिनिधिहरुको र स्थानीय जनताको उपस्थितिमा रमाइलो गर्दै रोपाइँ सुरु भएको थियो ।

कृषि उत्पादनमा वृद्धि गरी विश्वलाई भोक मुक्त बनाउ । जय देशः जय कृषि । मेरो किसान मेरो अन्नदाता । स्थानीय उत्पादन हाम्रो गौरव भन्ने विभिन्न नारा सहित बाजा गाजामा मनाइयो । मानो रोपेर मुरी उत्पादन गर्ने भने भनाइ रहेको आजको दिन किसानको लागि विशेष दिन हो ।