काठमाडौं । यही असार १७ गते बाग्मती प्रदेशसभाको आगामी बैठक बस्ने भएको छ ।
दिनको ३ बजे बस्ने सो बैठकमा प्रदेश सरकारद्वारा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्ष २०७८÷०७९ को बिनियोजित बजेट, राजश्व र आयव्यय माथि छलफल हुने बताइएको छ ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक यही असार १७ गते दिनको ३ बजे तय भएको जानकारी दिए । उनले बुधबार विहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्ने बताए ।