• मंसिर ७ २०८१, शुक्रबार

पहिरो पीडित विकको परिवारलाई राहत प्रदान

असार १३ २०७८, आईतवार

वीरेन्द्रनगर । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा न. ६ निवासी बलि विकको परिवारलाई अखिल क्रान्तिकारीले राहत प्रदान गरेको छ ।

बाढी पहिरोका कारण विकको मृत्यु भएपछि सहारा विहीन भएको उनको परिवारलाई अखिल क्रान्तिकारीका केन्द्रिय समिति सदस्य भीमप्रसाद आाचार्य र जिल्ला संयोजक मनसिंह शाहीको नेतृत्वमा ९ बोरा चामल, १० केजी दाल, १० प्याकेट तेल र लत्ता कपडा पीडितका परिवारलाई हस्तान्तरण गरिएको हो ।