• मंसिर १५ २०८१, शनिबार

एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ मा

असार १३ २०७८, आईतवार

काठमाडौँ। सत्तारूढ नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बोलाएको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बिहान ११ बजे काठमाडौंमा बस्ने निर्णय गरेको हो ।

‘समसामयिक राजनीतिबारे अझै फराकिलो र केही निर्णय गर्नुपर्ने भएकोले असार १६ मा बैठक राखिएको तथा पार्टी सदस्यता नवीकरणका कामलाई तीव्रता दिने निर्णय भएको बतइएको छ।

तर, सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशमा पछि बनेको एमालेको दसौं महाधिवेशन आयोजक कमिटी आधिकारिक संरचना नभएको र त्यसले गरेका निर्णय मान्य नहुने उल्लेख छ।