काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी केपी ओलीको कार्यकर्ता झैँ बनेको टिप्पणी गरेका छन् ।
सभापति देउवाले आफूलाई १४९ सांसदको समर्थन हुँदा हुँदै पनि रातारात संसद विघटन गरेर ओलीको कार्यकर्ता बनेको टिप्पणी गरेका हुन् ।
शानिबार विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले वैकाल्पिक सरकारका लागि बहुमत सांसदहरुको हस्ताक्षरलाई मान्यता नदिनु र संसद विघटन गरिदा दु:ख लागेको बताउदै प्रधानमन्त्री ओली संग भन्दा पनि राष्ट्रपति भण्डारी सँग दु:ख लागेको बताए ।