• मंसिर १५ २०८१, शनिबार

मैले राजा राम्रो भनेको होइन, राजाभन्दा बढी हुन खोज्ने भनेर भनेको हो : प्रचण्ड

असार १२ २०७८, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले राजा राम्रो नभनेको बताउदै राष्ट्रपतिभन्दा राजा ठीक भएको भनेर नभनेको दाबी गरेका छन् ।

शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकारसँगको अन्तरक्रियामा प्रचण्डले राष्ट्रपतिको कार्यशैली राजाको भन्दा बढी भएको तर राजा ठीक नभनेको बताएका हुन् ।

‘राजा राम्रो भनेको होइन । व्यङ्ग्य गरेको हो । शाही शासन हुँदा पनि शाही आयोग खारेज गरिदिएको होइन ! हु इज केपी ओली ? राष्ट्रपतिका बारेमा अदालतले केही गर्न पाउँदैन भन्न मिल्छ ? राजाभन्दा बढी हुन खोज्ने भनेर भनेको हो ।’- उनले भने ।

अध्यक्ष प्रचण्डले संसद पुनर्स्थापना हुने र कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने विश्वास व्यक्त गरे । उनले भने, ‘संसद पुनर्स्थापना हुनैपर्छ, प्रधानमन्त्री शेरबहादुरजी हुनैपर्छ । ओलीले अहिले अदालतलाई थर्काउन थालेका छन् । सर्वोच्चले संविधानअनुसार फैसला गर्छ । हेर्नुहोला शहेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ ।’

संविधानको धारा ७६ को ५ अनुसार निर्दलीय व्यवस्था नभएको बरु राजनीतिक दलको सांसदले बहुमत जुटाउन सके सरकार बनाउनसक्ने व्यवस्था रहेको तर्क गरे । उनले भने, ‘७६ को ५ अनुसार संसदभन्दा बाहिरको ल्याएर हुन्न है भनेको हो । राजनीतिक दलको सदस्य र संसद हुनैपर्‍यो भनेको हो । सांसदको विषेशाधिकारका रूपमा राखेको हो । सबै सांसद मिलेर बहुमत देखाउन सक्छन् भने ह्विप लाग्दैन भनेको हो ।’