• मंसिर १७ २०८१, सोमबार

आफ्नै देशको किन यति कडा आलोचना गर्छन् अमेरिकी प्राध्यापक नोम चोम्स्की ?

असार १२ २०७८, शनिबार

अमेरिकामा ५औं स्वन्त्रता पनि छ । त्यो भनेको चोर्ने र शोषण गर्ने स्वतन्त्रता हो । अमेरिकी योजनाकारहरु सधैं एउटा कुरामा मात्र स्पष्ट छन् । त्यो हो हामीसँग जे छ त्यो राख्छौं, जे छैन त्यो खोस्छौं ।’ नोम चोम्स्की

आफ्नै मुलुक अमरिका विरुद्ध बोल्ने ती व्यक्ति हुन् नोम चोम्स्की । उनको जन्म पेन्सिलभानियामा भएको हो । उनी एक एहुदी परिवारमा जन्मिएका थिए । उनका बाबु विलियम चोम्स्की युक्रेनी र आमा बेलारुसी थिए । उनको जन्म सन् १९२८ को डिसेम्बर ७ मा भएको हो । उनले १० वर्षको उमेरमै फासिवादको विरुद्धमा लेख लेखेका थिए ।

उनी विचारका हिसावले समाजवादी थिए र राजनीतिमा चासो राख्थे । त्यसक्रममा उनले अमेरिकाको भियतनाम नीति एवम आक्रमणको विरुद्धमा अग्रणी भूमिका समेत खेलेका थिए । उनी युद्ध विरोधी थिए ।

सन् १९५५ मा उनले पेन्सिलभानिया विश्वविद्यालयबाट भाषाशास्त्रमा विद्यावारिधी गरेका थिए । उनका असंख्य कृतिहरु पनि प्रकाशन भएका छन् । ‘दी रेस्पोन्सविलिटी अफ इन्टेलेक्चुअल’, ‘भियतनाम वार’, ‘अमेरिकन पखर एण्ड दि न्यू म्यान्डारिन्स’ आदि उनका मुख्य कृतिहरु हुन् । उनी अमेरिकन एभआइटी कलेजका स्थायी प्राध्यापक हुन् ।

त्यसबाहेक उनी विश्वका विभिन्न भिजिटिङ प्रोफेसरका रुपमा पनि काम गर्छन् । उनले विश्वमा नाम चलेका २ दर्जनजति विश्वविद्यालय र कलेजबाट मानार्थ डिग्री प्राप्त गरेका छन् । उनका ३ दर्जनभन्दा बढी कृति प्रकाशित भएका छन् । सन् २००३ मा प्रकासित उनको पुस्तक ‘हेजेमोनी एण्ड सर्भतइ भक्त’, ‘अमेरिकाज क्वेस्ट फर ग्लोबल गोमिनेसन’मा अमेरिकी राष्ट्रपतिको कडा आलोचना गरेका छन् ।

उनी हरेक दिन ५–७ घण्टा आफ्ना विद्यार्थी, शुभेच्छुक, तथा आलोचकका इमेल फर्काउन खर्च गर्छन् । १ घण्टा प्रवचनका लागि निमन्त्रणा पत्र काटछाँट गर्छन् । दिनको दुईतिहाई भाग प्रवचन र पुस्तक लेखनमा बिताउँछन् । उनी एक भाषाशास्त्री हुन् । उनको मौलिक चिन्तन ‘जनरेटिभ ग्रामर’ बाट विश्व नतमस्तक छ । भाषिक क्षेत्रमा उनले नयाँ सोच र अवधारणा ल्याएका छन् ।

उनी एक मानवअधिारकर्मी पनि हुन् । त्यसबाहेक उनी एक प्रखर विश्लेषक, कडा आलोचक र सटिक टिप्पणीकर्ता पनि हुन् । उनलाई राज्य, व्यापार, सञ्चार, प्रोपोगान्डा र शक्तिसित रिस छ । उनी अमेरिकी प्रभुत्वको खलेर विरोध गर्छन्, जहाँ पुगेपनि विचारोत्तेजक मन्तव्य दिन्छन् ।

अमेरिकाको धज्जी उडाउँछन् । अमेरिकी सरकारको भण्डाफोर गर्छन् । उनी एक युद्ध विरोधी अनि आफ्नै देशका कडा आलोचक हुन् जसले भियतनाम र इराक युद्धको कडारुपमा विरोध जनाएका थिए ।

भाषाशास्त्रका आइन्सटाइनका रुपमा चिनिएका चोम्स्की अमेरिकालाई जति गाली गर्छन्, त्यति नै अमेरिकी हुनुमा गर्वपनि गर्छन् । र भन्छन्,‘म मुलुकले अंगिकार गरेका नीतिको कडा आलोचक हूँ, तैपनि एक सम्मानित नागरिकको जीवन बाँचिरहेको छु । त्यसैले त म अमेरिकालाई माया गर्छु ।’

उनको एउटा गजवको बानी छ । त्यो के हो भने उनी आफ्नो कपाललाई अति नै माया गर्छन् । सेतै फुलेको कपाललाई पनि उनी धेरै हेरविचार गर्छन् । श्रीमती क्यारोल नै उनकी असली हेयर ड्रेसर हुन् । उनको २१ वर्षको उमेरमा विहे भएको थियो । हाल उनीहरुका २ छोरा र एक छोरीहरु छन् । चोम्स्कीले हालसम्म बाहीर कपाल काटेका छैनन् । मेहनतले काम सिकेको व्यक्ति अरुले सिकाएको भन्दा बढी ज्ञानी, व्यवहारीक र आत्मविश्वासी हुन्छ भन्ने उनको बुझाई छ ।

उनी आफूलाई एक स्वतन्त्र समाजवादी भन्न रुचाउँछन् । उनी अमेरिकी वामपन्थी धाराका प्रमुख बुद्धिजीवी व्यक्तित्व हुन् । उनी क्वूवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोलाई मन पराउँछन् । ह्युगो चाभेज, नेल्सन मण्डेला, यासेर अराफातलाई पनि मन पराउँछन् ।

मनोवैज्ञानिक तथा प्रसिद्ध विज्ञान लेखक स्टेभेन पिल्करका अनुसार अहिलेसम्मको मानव इतिहासका जन्मिएका दस शीर्ष लेखकहरुमा उनी पर्दछन् । सबैभन्दा बढी स्रोत उल्लेख गरिनेमा उनी पनि पर्दछन् । यसमा उनी आठौंस्थानमा रहकेका छन् ।

उनीदेखि डराएका र निदहराम भएकाहरुले उनको पटकपटक हत्या गर्ने प्रयास पनि गरेका छन् । र कयौंचोटी मारिदिने धम्कीपनि दिएका छन् । एक चर्चित सञ्चार माध्यमले उनलाई गाली पनि गर्यो । उनलाई विन लादेनसित तुलना गरेर विन चोम्स्कीको नामाकरण गरिदिए तर उनी आफ्नो विचारमा अडिग छन् । अविचलित र दह्रोगरी उभिएका छन् ।