• मंसिर १५ २०८१, शनिबार

पार्टीगत आधारमा निर्वाचित राष्ट्रपतिबाट निष्पक्ष र गरिमामय भूमिका निर्वाह हुन सक्दैन : राप्रपा अध्यक्ष थापा

असार ११ २०७८, शुक्रबार

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले नेपालमा पार्टीगत आधारमा निर्वाचित राष्ट्रपतिबाट निष्पक्ष र गरिमामय भूमिका निर्वाह हुन नसक्ने बताएका छन् ।

विपक्षी गठबनधनले हिजो आयोजना गरेको अन्तरक्रियामा बोल्दै प्रचण्डले राष्ट्रपतिभन्दा राजाको शान थियो भनेर बोलेको कुरामा सहमत हुँदै थापाले यस्तो टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्–”प्रचण्डजीले सहि भन्नु भयो।हाम्रो जस्तो सामाजिक चेतना र भूराजनीतिक अवस्था भएको देशमा पार्टीगत आधारमा निर्वाचित राष्ट्रपतिबाट निष्पक्ष र गरिमामय भूमिका निर्वाह हुन सक्दैन।त्यसर्थ, देशको शान मान र हितको रक्षार्थ संवैधानिक राजसंस्था कायम गरौं।यो असल कामको पहल गर्नुहोस् @cmprachanda”