• मंसिर १५ २०८१, शनिबार

राष्ट्रपतिलाई चिथोर्ने प्रतिस्पर्धा चलिरहेको छ : प्रधानमन्त्री ओली

असार ११ २०७८, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई चिथोर्ने प्रतिस्पर्धा चलेको टिप्पणी गरेका छन् । शुक्रबार बालुवाटारमा आयोजित पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यसले गणतन्त्र नै संकटमा पर्ने तर्क गरे ।

‘मैले एकपल्ट भनेको थिएँ, रिसाएको बिरालोले खामो चिथोर्छ भनेर, अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चल्याछ’, विपक्षी गठबन्धनका नेताहरूतर्फ लक्षित गर्दै ओलीले भने, ‘जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुख छाड्न सक्यो त्यो ठूलो हुने कम्पिटिसन चलेको छ। हिजो पनि भूतपूर्वहरुको लस्करले मिट द प्रेस गरेको देखेँ, त्यसमा पनि राष्ट्रपतिभन्दा राजै ठूलो भन्नेमा उहाँहरु पुग्नुभयो।’

संविधानले दिएको अधिकारअनुसार नै राष्ट्रपति चलिरहेको दाबी गर्दै उनले थपे, ‘राष्ट्रपतिलाई हामीले जे अधिकार दिएका थियौं राष्ट्रपति त्यसमा सीमित हुनुहुन्छ, त्यसमा सीमित हुनुपर्छ ।’

विपक्षी गठबन्धनले असभ्य समाज बनाउन चाहेको उनको आरोप छ ।