• मंसिर १४ २०८१, शुक्रबार

ओली भन्दा कांग्रेस सयौं गुणा वामपन्थी : प्रचण्ड

असार १० २०७८, बिहीबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा नेपाली कांग्रेस सयौं गुणा वामपन्थी भएको बताएका छन्।

बिहीबार विपक्षी गठबन्धनले सम्पादकसँग गरेको अन्तरक्रियामा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् । बरु प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी ओली वामपन्थी नभएको उनको तर्क छ।

‘कांग्रेस सधै संविधान र लोकतन्त्र बचाउन हिँडेको छ। केपी ओली संविधान र लोकतन्त्र सिध्याउन हिँड्नुभएको छ’, उनले भने, ‘कांग्रेसले ओलीजीलाई विदेशीको टाङमुनि छिरेको भनेको छ । ओलीजी विदेशी दलालको टाङमुनि नै हुनुहुन्छ भनेको छ । त्यसैले कांग्रेस दक्षिणपन्थी र ओलीजी वामपन्थी होइन।’

यो गठबन्धन कुनै अवसरवादी नभएको उनको जिकिर छ। केपी ओलीको निरंकुशताका कारण लोकतन्त्रवादी र वामपन्थी एकैठाउँमा आउनुपरेको उनले बताए ।