काठमाडौँ। नेकपा (क्रान्तिकारी माओवादी) निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले सरकारले हालै गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ। संगठनका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै नेपाल सरकारले फेरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटरमा २/२ रुपियाँ मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको बताएका छन्।
रोग भोकबाट प्रताडित जनताप्रति जवाफदेही हुन नेपाल सरकारलाई अपिल गर्दै हालै गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि अबिलम्ब फिर्ता लिन नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकाएसँग क्रान्तिकारीले अनुरोध गरेको छ।
मूल्यवृद्धि फिर्ता नलिए आफूहरु सडक संघर्षमा उत्रिने चेतावनी क्रान्तिकारीले दिएको छ।