काठमाडौं । जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद पुनस्थापना गरेर संविधान र लोकतन्त्र ट्रयाकमा ल्याउन ढिलाइ गर्न नहुने बताएका छन् ।
उनले अब कसैलेपनि गल्ती दोहोर्याउन नहुने भन्दै सबैले बेलैमा चेत्नुपर्नेमा जोड दिएका छन् । अरु देश आफ्ना नागरिकलाई कोभिड खोप जुटाउन व्यस्त रहँदा हामी चाहीँ कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमै समय–शक्ति खर्चिरहेको भन्दै उनले अब चाहीँ बेलैमा चेत्नुपर्ने उनले ट्वीटरमा उल्लेख गरेका छन् ।
‘अरू देश आफ्ना नागरिक सबैलाई छिटो कोभिड–१९ खोप जुटाउन व्यस्त छन्,हामी चाहीँ कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमै समय–शक्ति खर्चने भयौं’, उनले भनेका छन्, ‘अब त चेतौं–छिटो संवैधानिक परिषद विधेयक खारेजी र संसद पुनस्थापना गरेर संविधान–लोकतन्त्र ट्रयाकमा ल्याऊ । अदालत-दल-नागरिकले आआफ्नो धर्म निभाऊँ ।’