• मंसिर १५ २०८१, शनिबार

पदमुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको नागरिकता छानबिन गर्न अख्तियारमा उजुरी

असार ८ २०७८, मंगलवार

काठमाडौं । निवर्तमान उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोको नागरिकता छानबिन गर्न भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

सर्वोच्च अदालतको आदेशबमोजिम मंगलबारदेखि पदमुक्त भएलगत्तै महतोमाथि नागरिकता छानविन गर्न अख्तियार उजुरी परेको हो । नागरिकता छानबिन गर्न माग गर्दै अधिवक्ताहरु वीरभद्र जोशी, तुलसीराम पराजुली र अनिता बजगाईंले अख्तियारमा उजुर गरेका हुन् ।

उपप्रधानमन्त्री भएलगत्तै ‘बहुल राष्ट्र’ को अभिव्यक्ति दिएपछि चौतर्फी विरोध भइरहेको छ भने हिजो सोमबार महतोलाई सिंहदरबार प्रवेशमा निषेध गर्नुपर्ने माग गर्दै नयाँ पर्चा नै टाँसेको थियो ।

आज (मंगलबार) दिउँसो सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा सहभागी भएका २० जना मन्त्रीलाई पदमुक्त गरेको छ । जसमा उनी पनि परेका छन् ।

संविधानतः कामचलाउ सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीले मन्त्रीमण्डल पटक पटक पुनर्गठन गर्न मिल्दैन तर, प्रधानमन्त्रीले संविधानविपरीत कदम चालेछि त्यसविरुद्ध अदालतमा रिट परेको थियो ।