• मंसिर ७ २०८१, शुक्रबार

‘गरपालिका भए पो काम गर्दो हो, नामै नगरपालिका छ, के गरोस्’

असार ८ २०७८, मंगलवार

मान्म । कालीकोटको खाडाँचक्र नगरपालिका–११ बदालकोटमा अझै पनि बिरामी स्टेचरमा बोकिन्छ । विकासका कुरा गर्ने यो दुनियाँमा २–३ घण्टाको बाटो बोक्नु पर्ने जनताको दुःख अझै पनि हटेको छैन ।

नगरपालिका बनाएको भए पनि यहाँ राम्रो सडक, बत्ती र राम्रो खालको स्वास्थ्य चौकीको सुविधा अझै पनि पुगेको छैन । नगरपालिका भएपनि यो टोलमा त स्टेचर पनि छैन र स्टेचर पनि जिल्ला प्रशासन कार्यालयमा गएर मागेर विरामी बोक्नुपर्छ ।

जनता भन्छन्, ‘गरपालिका भएको भए हुन्थ्यो । नाममै नगरपालिका छ के गर्ला भन्दै गुनासो पोख्दै छन् । कालीकोटको सदरमुकाम नजिक र नगरपालिका भएता पनि बदालकोटले कहिले सुख सुविधा भने पाएन । यसको असर नयाँ आउने पीढिमा त पर्छ भन्ने जनताको गुनासो छ ।