काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्चको आदेशले सर्वोच्च अदालतले प्रधानमन्त्रीको संविधानमाथि श्रृङ्खलाबद्ध बलमिच्याइँलाई अस्वीकृत गरेको प्रतिक्रिया जनाएका छन् ।
मन्त्रिपरिषद् विस्तारको आदेश बदर गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशबारे प्रतिक्रिया दिँदै प्रवक्ता शर्माले सर्वोच्च अदालतले कामचलाउ बनिसकेको सरकारको दायरा समेत देखाइदिएको र प्रधानमन्त्रीको बलमिच्याई समेत अस्वीकार गरेको बताए ।
प्रवक्ता शर्माले भने,‘प्रधानमन्त्रीले शक्तिको दम्भमा राजनीतिक अहंकार देखाउनुभएको थियो । सर्वोच्चको आदेशले संविधानको विनम्र शक्ति देखाइदियो ।’
उनले भने,‘प्रधानमन्त्रीले बलमिच्याई गरिरहनुभएको थियो । सर्वोच्चले त्यसलाई अस्वीकृत गरिदियो । कामचलाउ प्रधानमन्त्री के गर्न मिल्ने नमिल्ने भन्ने सीमारेखा समेत कोरिदिएको छ ।’