• मंसिर १५ २०८१, शनिबार

अदालतको आदेशले संविधानमाथिको प्रहारलाई ‘करेक्सन’गरेको छ : नेता रामचन्द्र पौडेल

असार ८ २०७८, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका गलत कदमलाई सर्वोच्चले सच्चाइदिएको छ ।

मन्त्रिपरिषद् विस्तारको आदेश बदर गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशबारे प्रतिक्रिया दिँदै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका गलत कदमलाई सर्वोच्चले सच्याउनु स्वागतयोग्य भएको बताउदै सर्वोच्च अदालतको आदेशले संविधानमाथिको प्रहारलाई ‘करेक्सन’गरेको बताएका हुन् ।

‘संसारमा चुनाव घोषणा गरेको प्रधानमन्त्रीले सरकार विस्तार गर्ने उदाहरण कहीँ थिएन । प्रधानमन्त्री ओलीले संविधानविपरीत गरेको काम सच्याएर सर्वोच्चले संविधानको पक्षमा निर्णय गरेको छ’, पौडेलले नेपाल प्रेससँग भने ।

उनले संसदबाहिर निकास खोज्ने प्रधानमन्त्रीको प्रयत्न नै गलत भएको भन्दै संविधान र लोकतन्त्रका पक्षमा आफ्नो पार्टीले उठाउँदै आएको धारणा सही सावित भएको बताए ।