• मंसिर १५ २०८१, शनिबार

अनेकौं आक्रमण झेलेर पनि सरकार समृद्धिका लक्ष्यमा प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

असार ८ २०७८, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुद्दा मामिला, झुठा आरोप र अनेकौं आक्रमण झेलेर पनि सरकार समृद्धिका लक्ष्यमा प्रतिबद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटरबाटै झापाको गौरादह गरपालिका – ६ स्थित डोरामारी माध्यमिक विद्यालय भवनको आज भर्चुअलरुपमा शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्ला तीन वर्षमा मुलुकले काम गर्न सक्ने सरकारको परिचय दिएको बताउदै देशलाई विकास र सुशासनतर्फ अघि बढाइरहेको जनाए ।

उनले मुलुकलाई ताजा जनोदशमा जान नदिने र पार्टीभित्रैबाट भाँजो हाल्ने प्रयासविरुद्ध लडेर पनि सरकार समृद्धिका लक्ष्यमा प्रतिबद्ध भएको स्पष्ट गरे ।