• मंसिर १४ २०८१, शुक्रबार

सर्वोच्चको फैसलाले देशलाई राजनीतिक अन्यौलतातिर लैजान्छ : प्रवक्ता ज्ञवाली

असार ८ २०७८, मंगलवार

काठमाडौँ। नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आदेश अप्रत्यासित भएको बताएका छन् । सर्वोच्चले मंगलबार २० मन्त्रीलाई पदमुक्त गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘सर्वोच्चको फैसला अप्रत्याशित छ, आजको फैसलाले देशलाई थप राजनीतिक अन्यौलतातिर लैजान्छ।’ प्रवक्ता ज्ञवालीले भने ।

उनले अब पार्टीको बैठक बसेर यसबारे छलफल गर्ने बताए ।

मंगलबार अदालतले ओलीले गएको जेठ २१ र २८ गते गरेको मन्त्रिपरिषद् बदर गरिएको छ।