• मंसिर १४ २०८१, शुक्रबार

दल बदल्नेलाई निष्कासन गर्ने माओवादी केन्द्रीय समितिको निर्णय

असार ७ २०७८, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले दल बदल गरेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।सोमबारको केन्द्रीय समितिको आकस्मिक बैठकले उनीहरुलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरे को हो ।

यसअघि माओवादीले पार्टी छोडेकाहरूलाई कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाएपनि केन्द्रीय कमिटीबाटै अनुमोदन हुनुपर्ने प्रावधानका कारण आयोगले त्यसबारे निर्णय गरेको थिएन । पार्टीबाट हटाइएका नेताहरुको बारेमा दल त्यागको सूचना निर्वाचन आयोगले प्रकाशित नगरेको भन्दै गत आइतबार माओवादी केन्द्रका नेताहरुले आयोग पदाधिकारीलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

यसअघि नै माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो । तर, आयोगले केन्द्रीय समितिको बैठकले कारबाहीको निर्णय नभएको भन्दै दल त्यागको सूचना जारी गरेको थिएन

आजको बैठकले अनुमोदन गरेसँगै अब थप कारबाही सहितको विवरण अद्यावधिक गर्न आयोगमा पठाउने बताइएको छ ।

माओवादी केन्द्रबाट चुनाव जितेका र पछि एमाले प्रवेश गरेका १४ जना जनप्रतिनिधि छन् ।