काठमाडौँ । नेपाली बजारमा लगातार घटेको सुनको मूल्य आज बढेको छ । आइतबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन सोमबार प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजावी सुनको मूल्य तोलाको ८९ हजार ९५० रुपैयाँ रहेको छ ।
सुनको मूल्य बिहिबार, शुक्रबार र आइतबार क्रमश: १ हजार १ सय रुपैयाँ, एक हजार २ सय रुपैंयाँ र ८ सय रुपैयाँले घटेको थियो ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार २ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।