इरान । कट्टरपन्थी नेता इब्राहिम रईसी इरानका नयाँ राष्ट्रपति निर्वाचित भएका छन् । उनले ६२ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
रईसी अत्यन्तै रुढीवादी बिचारधाराका छन् भन्ने इरानका संचारमाध्यमहरुले जानकारी दिएका छन् । रईसीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ ।
राजनीतिक बन्दीलाई फाँसीको सजाय दिने निर्णयमा उनको संलग्नता रहेको बताइएको छ ।
सन् २०१७ मा हसन रुहानीसँग राष्ट्रपति पदमा हार बेहोरेपछि ६० वर्षीय रईसीले सन् २०१९ मा न्यायालय प्रमुखको रुपमा नियुक्ती पाएका थिए । रईसी आफूलाई भ्रष्टाचार बिरुद्धको अभियन्ता र इरानको आर्थिक समस्या समाधान गर्ने नेतृत्वकर्ताको रुपमा रुचाउँछन् ।