काठमाडौँ। काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि सिन्धुपाल्चोकका थप दुई गाउँपालिका पाँचपोखरी थाङपाल र हेल्मबुलाई ५० -५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नगरसभाको नवौँ अधिवेशनको पहिलो वैठकलाई सम्बोधन गर्दै काठमाडौं महानगरको तर्फबाट मेलम्ची नगरपालिकालाई रु दुई करोड सहयोग गर्ने घोषणा गरिसकेका छन् ।
मेलम्ची नदीमा आएको बाढी त्यसले गरेको धन–जनको क्षतिपछिको राहत तथा उद्दारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख शाक्यले जानकारी दिए । उक्त नगरलाई महानगरले यस अघि पनि नगर-नगर साझेदारी कार्यक्रम अन्तर्गत सहयोग गरेको थियो । मेलम्ची नगरपालिका काठमाडौँ महानगरसँग भगिनी सम्बन्ध स्थापित नगर हो ।