• मंसिर १४ २०८१, शुक्रबार

गण्डकी प्रेदेशका मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत

असार ४ २०७८, शुक्रबार

पोखरा ,गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसँग आग्रह गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेपछि आफ्नो नेतृत्वको सरकारलाई मत दिन आग्रह गरेका हुन् ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार उनले शुक्रबार प्रदेशसभा बैठकमा प्रस्ताव पेस गरेका हुन् । गत जेठ २९ गते उनी संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।

काँग्रेसबाट मुख्यमन्त्री बनेका पोखरेललाई माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका साथै स्वतन्त्र सांसद दीपक मनाङेको साथ रहेको छ।