• मंसिर १२ २०८१, बुधबार

हेलम्बु र मेलम्चीका बाढी पीडितलाई २ करोड सहयोग गर्ने काठमाडौं महानगरको घोषणा

असार ३ २०७८, बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीका बाढी प्रभावितलाई रु दुई करोड सहयोग गर्ने घोषणा गरेको छ ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै हेलम्बु र मेलम्चीका बाढी प्रभावितलाई रु दुई करोड सहयोग गर्ने घोषणा गरेका हुन् ।

मेयर शाक्यका अनुसार उक्त रकम बाढी प्रभावितको राहत तथा उद्दारका लागि खर्च गर्नका लागि दिइने भएको हो ।

गत मंगलबार अविरल वर्षासँगै आएको पहिरोका कारण मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्चीका अधिकांश डुवानमा परेको छ ।