काठमाडौ महानगरपालिकाका जनप्रतिनिधिले नगरसभा बहिष्कार गरेका छन् । महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित नगरी नगरसभामा लैजान खोजिएको भन्दै उपमेयर खड्गीसहित १४ जना जनप्रतिनिधिले नगरसभा बहिष्कार गरेका हुन्।
महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न बिहीबार ११ बजे नगरसभा बैठक बोलाइएको थियो । तर, मेयर शाक्यले कार्यपालिकाबाट पारित नै नभएको नीति तथा कार्यक्रम नगरसभामा लैजान लागेको भन्दै आफूहरुले बहिष्कार गरेको खड्गीले बताइन् ।
अहिले कोरोना महामारी नै पहिलो प्राथमिकतामा पर्नुपर्ने विषय आफूहरुले उठाएको भए पनि मेयर शाक्य आफ्नै किसिमले अघि बढेको उपमयेर खड्गीको भनाई छ ।