राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले सिन्धुपाल्चोक जिल्लाका बाढी पीडित क्षेत्रका नागरिकलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
बुधबार सिन्धुपाल्चोक जिल्लाका बाढी पीडित क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा राणाले अविरल वर्षाकाबीच जनधनको क्षति र जोखिम कायम रहेकाले आपतकालीन परिचालन गर्न सरकारसँग माग गरेक हुन् ।
अध्यक्ष राणाले व्यक्तिगत रूपमा आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर गरे । निरीक्षण गर्ने क्रममा राणा मेलम्ची, तिम्बु, किउल, चनौते, ग्याल्थुम, याङ्ग्री र हेलम्बु लगायतका स्थान पुगेका थिए ।
उनले पीडित जनताको उद्धार र राहत कार्यमा क्रियाशील हुन पार्टीका स्थानीय निकायहरूलाई निर्देशन पनि दिए ।