• मंसिर १४ २०८१, शुक्रबार

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचार गर्न दिल्ली लगिँदै

असार २ २०७८, बुधबार

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिने भएको छ । खनालको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ ।

खनालसँगै उनकी श्रीमती, छोरा र एक जना चिकित्सक दिल्ली जानेछन् । दिल्लीको एपोलो अस्पतालमा खनालको उपचार हुनेछ ।

खनाललाई ज्वरो आएपछि गत सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।