• फाल्गुन २६ २०८२, मंगलवार

एमाले ध्वस्त पार्न देउवा-प्रचण्ड लागिपरेको गोकुल बास्कोटाको आरोप

असार १ २०७८, मंगलवार

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले एमाले ध्वस्त पार्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल लागिपरेको आराेप लगाएका छन्।

हिजो (सोमबार) नेता माधव नेपालको कोटेश्वरस्थित निवासमा भएको भेटवार्तालाई ‘एमाले ध्वस्त पार्ने’ षडयन्त्र भएको बास्कोटाले दाबी गरेका हुन्।

सामाजिक सञ्जालमा बास्कोटाले लेखेका छन्, ‘एमाले ध्वस्त गर्न प्रचण्ड देउवाले हिजो पनि कोटेश्वरको डिलमा युरिया हालेछन। तर पोटास र फस्फोरस थियो कि थिएन? अब कस्तो सप्रेला वा थप पहेँलिएला हेर्नु छ।’

साेमबार भएको भेटमा नेताहरुले केन्द्रदेखि प्रदेशसम्म गठबन्धनलाई प्रभावकारी बनाउने सहमति गरेका थिए।