काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले सरकारलाई ५० थान भेन्टिलेटर सहयोग गरेको छ ।
राष्ट्रिय आविष्कार केन्द्र र अमेरिका–नेपाल मेडिकल फाउन्डेसनको सहकार्यमा सोमबार स्वास्थ्य मन्त्रालयलाई ६ करोड रुपैयाँ बराबरको रहेको सो ५० थान भेन्टिलेटर हस्तान्तरण गरेको हो ।
अमेरिका–नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष डा. भुपेन्द्र बस्नेत र राष्ट्रिय आविष्कार केन्द्रका बोर्ड सदस्य हरिकुमार सिलवालले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।