• आश्विन १३ २०८१, आईतवार

पुरुषको तालु बैंसैमा किन खुइलिन्छ ?

जेष्ठ ३१ २०७८, सोमबार

धेरै पुरुषहरुमा कपाल झर्ने समस्या छ । यसलाई तालु खुइलिने समस्या पनि भनिन्छ । तालु कसरी खुइलिन्छ प्रायः मानिसहरुलाई थाहा नहुन सक्छ । कपाल झरेर तालु चिल्लो हरेक मानिसहरु चिन्तित हुने गर्दछन् तर तालु कसरी हुन्छ यो बारे जान्न कोही पनि इच्छुक हुँदैनन् । आज हामी तपाईंलाई यसबारे जानकारी दिनेछौं ।

किन खुइलिन्छ पुरुषको तालु ?
–अत्यधिक तनावका कारण पनि पुरुषहरुको कपाल झर्ने गर्दछ । तनाव बढदा शरीरको हर्मोन्सको व्यालेन्स विग्रन्छ जसले गर्दा कपाल झर्न गर्दछ ।

– कपालमा विभिन्न किसिमका कस्मेटिक सामान जस्तै ः हेयर जेल, कलर्स, स्याम्पु, कन्डिशनर जस्ता पदार्थको प्रयोग गर्दा कपालमा साइड इफेक्ट भई कपाल झर्ने गर्दछ ।

–यदी टाउकोमा फंगल इन्फेक्सन भयो अथवा चायाँ पर्ने समस्या देखियो भने पनि कपाल अत्यधिक मात्रामा झर्न सक्छ ।

–यदी तपाइले चुरोट सेवन गर्नुहुन्छ भने त्यसमा हुने निकोटिनको कारण रक्तनलीहरु खुम्चिन थाल्छ । जसले गर्दा शरीरमा अक्सिजनको मात्रा घटाई कपाल झर्ने गर्दछ ।

–अधिकांश मानिसहरुमा वंशाणुगत गुणका कारण पनि कपाल झर्ने गर्दछ ।

–यदी तपाईं अत्यधिक रक्सी सेवन गर्नुहुन्छ भने पनि शरीरमा टक्सीनको मात्रा बढेर आइरन, जिंक पानीको मात्रा कमी हुन्छ । जसले गर्दा कपाल झर्न थाल्छ ।

–कपाल छिट्टो खुइलिनुको अर्को कारण अस्वस्थकर खानपान पनि हो । खानामा सही मात्रामा पोषण नपुग्दा शरीरमा आइरन, भिटामिन ए, प्रोटिन, जिंक, क्याल्सियम जस्ता पौष्टिक तत्वको कमी हुन्छ । जसले गर्दा कपाल झर्दछ ।

–केही मानिसहरुमा क्यान्सर, मुटु, उच्चरक्तचाप, डिप्रेसन, मधुमेह जस्ता रोगको औषधि सेवन गर्दा पनि औषधिको असर देखिन्छ र कपाल झर्न थाल्छ ।